Monday, October 14, 2019

सांस्कृतिक सहिद रिदामा राम्लिहाङ प्रती श्रद्धाञ्जली

प्रेम नहुने ठाउँमा जीवन नै हुँदैन’




महात्मा गान्धीको खास नाम मोहनदास करमचन्द गान्धी हो । उनलाई भारतीय राजनीतिक पुरुष तथ भारतीय स्वतन्त्रता संग्राममा नायक मानिन्छ
गान्धी सन् १८६९ अक्टोबर २ का दिन भारत को गुजरात प्रान्तको पोरबन्दर भन्ने ठाउँमा जन्मिएका थिए । सत्य, अहिंसा र सत्याग्रह उनको सिद्धान्त हो
यहाँ हामीले उनका केही भनाईहरु उल्लेख गरेका छौं । जुन तपाईंका लागि पनि जिवन उपयोगी बन्न सक्छ ।
– प्रेम नहुने ठाउँमा जीवन नै हुँदैन

– कुनैपनि स्वतन्त्र राष्ट्रको अन्त्य भनेको यौन हो ।

– मोती बाहिर चम्कन्छ भने पुस्तक अन्तस्करणमा ।

– कसैले क्षमा दिन्छ भने बुझ्नुस त्यो बलिष्ठ व्यक्ति हो, किनकि कमजोरले कहिल्यै कसैलाई क्षमा दिँदैन ।

– यतिकुरा बुझिराख पहिले तिनिहरुले तिमलाई बेवास्ता गर्ने छन्, त्यसपछि हाँस्नेछन् अनि – लड्ने छन् र अन्तमा तिमीले जित्ने छौ ।

– तिमीले संसार बदल्ने सोच लिएका छौ भने पहिले आफैंलाइ परिवर्तन गर ।

– तिमी जे सोच्छौ त्यही नै बन्छौ ।

– अल्पमतमा परेपनि सत्य सँधै सत्य नै हुन्छ ।


Wednesday, October 9, 2019

इतिहास : बाह्र मगरातमा शाही कटक


मानसिंह खड्गामगरबाट द्रव्य शालहको अधीनमा गोर्खाकोट हस्तगत हुने विसं १६१६ भदौ २५ को त्यही घटना कालान्तरमा आजको नेपाल राज्य निमार्णको आरम्भ विन्दुको रूपमा संघटित हुन्छ  । यो आलेख चार सय साठी वर्षअघि बाह्र मगरातको अन्तिम मगर राज्यमा शाही धुन्य फहराउन आइपुग्ने शाही कटकको वरिपरि केन्द्रित रहनेछ  ।
मगरात
तत्कालीन ‘बाह्रथरे’ मगरहरूको इलाकाका रूपमा परिचित बाह्र मगरातभित्र अर्घा, खाँची, गुल्मी, इस्मा, मुसीकोट, घिरिङ, बल्ढेङगढी, रुद्रपुरगढी, देउचुली, तनहाङ/तनु–ह्युला’ (तनहुँ), पर्वत, गलकोट, रिसिङ, घिरिङ, भीरकोट, सतहुँ, गरहुँ, पैयुँ, ढोर, कास्की, ल्यहे–मुऊ–ह्युला (लमजुङ), काहुँ, लिगलिग, गोर्खाकोट, बुङकोट, बाह्राकोट (बाहकोट), तार्घाकोट (ताकुकोट), मकवानपुर लगायतका रैथाने सामन्ती इलाका आबद्ध थियो । कतै कविला राज्यको रूपमा त कतै रजौटा र स्थानीय सामन्तका रूपमा । आफ्नै सिक्का नभएको, स्थायी सेना पनि नभएको ।

मग्वर मगरातको प्राचीन नाम हो । मगरहरूको मूलथलो या मगरात मर्स्याङ्दी नदीदेखि प्यूठानसम्मको प्रदेशलाई भनिन्थ्यो (पन्त/शर्मा–द टु अर्लिएस्ट कपरप्लेट इन्स्क्रिप्सन्स फ्रम नेपाल, मिसेनेन्स पेपर, पृ. ६) । निसी–भुजीलाई सीमा मानेर त्यस पश्चिमको भेग अठार मगरात र पूर्वको भेग बाह्र दर्लाम अर्थत् बाह्र मगरातका रूपमा परिचित थियो । अठार मगरात (राप्ती) मा पाङ (खाम) र बाह्र मगरात (गण्डकी) मा ढुट मगर भाषा बोल्ने गरिन्छ (बुढामगर, भोजविक्रम–मगर जातिको राजनीतिक इतिहास, पृ. ६९/७३) ।



त्यही बाह्र मगरातका विभिन्न राज्यहरू सुरुमा रिडी–भीरकोटबाट अस्तित्वमा देखिने आरम्भिक समयमा मगर नै रहेका भनिएका र पछि खान/साही/शाहको पदवी धारण गरी ठकुरी कहलिन गएकाहरूले एकपछि अर्को गर्दै निल्न पुगे । भीरकोट, सतहुँ, गरहुँ, बल्ढेङ, किहुँ, रामकोटजस्ता अनेकन मगर प्रशासित इलाका बिनाकुनै लडाइँ खानहरूको हातमा गएको देखिन्छ । तर, जहाँ गुरुङहरूको इलाका थियो, त्यहाँ भने खानहरूले चर्को भिडन्त बेहोर्नुपरेको थियो ।



त्यसरी बाह्र मगरातका मगर राज्यहरूमा शाही कटकको सिलसिला गोर्खा माझकोटमा आइपुग्दा भने भीषण भिडन्तमा परिणत हुन्छ । पन्ध्र दिन लामो निरन्तरको प्रतिवादपछि बाह्र मगरातको अन्तिम मगर राज्य गोर्खा माझकोट द्रव्य शाहको हातमा जान्छ । मानसिंह खड्गामगरबाट द्रव्य शाहको अधीनमा गोर्खाकोट हस्तगत हुने विसं १६१६ भदौ २५ को त्यही घटना कालान्तरमा आजको नेपाल राज्य निमार्णको आरम्भ विन्दुको रूपमा संघटित हुन्छ । यो आलेख चार सय साठी वर्षअघि बाह्र मगरातको अन्तिम मगर राज्यमा शाही धुन्य फहराउन आइपुग्ने शाही कटकको वरिपरि केन्द्रित रहनेछ ।


लसर्घादेखि गोर्खाकोटसम्म

पश्चिमको खस राज्यमा स–साना राजा–रजौटाको स्वतन्त्र अस्तित्व देखिन थालेको बेला खस राज्यकै सामन्त इलाकाका सामन्त गज ब्रम्हका छोरा धर्म पालले विसं १४८० तिर रिब्दीकोट नामक स्वतन्त्र राज्यको स्थापना गरेका थिए । यसपछि कालीगण्डकी आसपासका पहाडी भेगमा अर्घा, खाँची, धुरकोट, मुसिकोट, इस्मा, पर्वत पनि स्वतन्त्र रियासतका रूपमा स्थापित हुन पुगे ।

रिब्दीकोटको सेन राज्यको मुकाम रुद्र सेनले पाल्पा सारेका थिए (खनाल, मोहनप्रसाद–सेनराज्यको राजनीतिक इतिहास, पृ. १९) । रिब्दीकोट नजिक बल्ढेङगढीमा मगरहरूको बलियो राज्य अस्तित्वमै थियो । गण्डकी प्रदेशमा सेन राज्य स्थापना भएको समयकै हाराहारीमा त्यही प्रान्तको केही उत्तरी भेकमा ‘खान’ राज्यको स्थापना भएको थियो । खानहरूले पूर्वतिर बढ्दै गएर गोर्खासम्म पुग्दा आठ राज्य स्थापना गरेका थिए । यी राज्यलाई आठ टीका पनि भनिन्थ्यो ।



विसं १५०० को आसपासमा लसर्घामा जैन (जैत) ‘खाँन/खाँण’ बाट आजका शाहहरूको स्थानीय जरो उठेको विभिन्न समयमा लेखाइएका वंशावलीहरूमा उल्लेख भएको पाइन्छ । केही वर्षपछि आँधीखोलाको दायाँ किनाराको खिलुङमा जमिन आवाद गराई भीरकोट ठकुराईको जग बसाएको देखिन्छ (आचार्य बाबुराम–श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी (१), पृ. ६) ।




गोरखा राजवंशावलीअनुसार जैन खानका छोरा सूर्यखानले लसर्घाबाट बढेर खिलुङमा राज्य जमाए । उनका जेठा छोरा कर्हान्चा (खाञ्चा) ले खिलुङ छाडेर भीरकोटमा र कान्छा छोरा मिर्हन्चा (मिचा) ले नुवाकोटमा रजाइँ कायम गरे । रैथाने मगर बोलीमा कर्हान्चा भनेको जेठा र मिर्हन्चा भनेको कान्छा हो । शाहवंशीहरू चित्तौरबाट आएका राजपूतहरू नै थिए भने उनीहरूले आफ्ना छोराहरूलाई रैथाने मगरबोलीमा जेठा र कान्छा राख्ने बाध्यतै के थियो र ?



कर्हान्चाका सन्तानले भीरकोटबाट बढेर गरहुँ र ढोरमा रजाइँ कायम गरे । मिर्हन्चा आफ्ना छोरा लिएर लगभग विसं १५१० तिर बाह्रदर्लामको नवकोट पुगे । बहदर्लाम भनेको मगरको बस्ती हो । उनका जेठा छोरा भक्ति खान आफ्नो मूलराज्यमा रहिरहे पनि कान्छा विचित्र खान भने आँधीखोला आसपास रहेका मगर आवादीहरूबाट मात्र सन्तुष्ट नभई त्यहाँबाट उत्तरतर्फ आवाद भएर रहेका बस्तीहरू नियन्त्रणमा लिई स्वतन्त्र राज्यको गठन गर्न पुगे । यही राज्य नै पछि आएर कास्की राज्यको नामले प्रसिद्ध हुन पुग्यो (आचार्य, बाबुराम–नेपालको संक्षिप्त वृत्तान्त (२), पृ. ८९) ।



विचित्र खानपछि जगती खानले घलेमा रहेको घलेहरूको राज्य (क्होल, सिक्लिस, अर्मलाकोट) स्थानीय शासक राकसे गुरुङको नायकत्वबाट खोसेर खानहरूको कास्की राज्यमा सामेल गराएका थिए (मेचीदेखि महाकाली, भाग ३, पृ. ४४५) । कास्की राज्यको विस्तार गरी कुलको इज्जत बढाउन सकेकाले उनले ‘कुलमण्डन’ नाम धारण गरेका थिए, जगतीको ठाउँमा । कुलमण्डलले पौराणिककालीन कुण्डिन देशका मण्डन राजा नलसँग तुलना गरी कुण्डिन मण्डन भन्दाभन्दै उनको कुलमण्डन हुन गएको देखिन्छ (शर्मा, गोपीनाथ–चौबीसी राज्यको इतिहास, पृ. ३२) ।



उनका सात भाइ छोरा थिए । जेठा नरराज खान कास्कीको राजा रहे । पहिले कालु साही र पछि जसबम (यशोब्रह्म) साही लमजुङ लगेर राजा थापिए । तिनै नरराज खानले ‘साही’ उपाधि प्रयोग गरेपछि त्यसैको सिकोमा यशोब्रह्मले पनि साही उपाधि धारण गरे । यशोब्रह्मका जेठा छोरा नरहरि साही लमजुङकै राजा रहे भने उनका कान्छा द्रव्य साहीलाई उनले मर्स्याङ्दी तथा चेपे नदीभन्दा दक्षिणपूर्वमा रहेको मगरातको रागिनासकोटको प्रशासक बनाएर पठाएका थिए (आचार्य, उही (२), पृ. ९०) ।



तिनै द्रव्य शाहले विसं १५१५ मा रैथाने मगर प्रशासित लिगलिगकोट कब्जा गरे भने विसं १६१६ भदौ २५ मा हाल गोरखा दरबार रहेको तत्कालीन माझकोटका मानसिङ खड्गालाई पराजित गरी बाह्र मगरातको अन्तिम मगर राज्य हडपेर साही धुन्य फहराए । योसँगै बाह्र मगरातमा रहेको मगर राज्यमाथिको साही कटकले विश्राम लियो र उप्रान्त यो तमु, तामाङ, नेवार, किराँत र अन्य रैथाने राज्य निलेर एकात्मक साही राज्यको आकार बढाउन अघि बढ्यो ।



फलाम काट्न फलाम

गोर्खा भेकमा पछिल्लो समय खस राज्य र पाल्पासहितका राज्यहरूको विस्तार र विघटनको क्रममा अघि बढ्दै, बसाइ सर्दै हिँडेका पश्चिमी पहाडी भेगका ब्राह्मण, क्षत्री, दलितहरूको आवादी सघन हुन गएको थियो । निश्चित संस्कार, संस्कृतिबाट संस्कारित ब्राह्मण, क्षत्रीहरूले रैथाने संस्कृति, परिशीलनमा अभ्यस्त गोर्खा भेकमा आफूलाई असहज र असुरक्षित महसुस गरिरहेको थियो ।



आगन्तकु बाहुन, क्षत्रीको बढ्दो आकांक्षा, बल र संख्यालाई रैथाने मगरहरूले थेग्न नसक्ने अवस्था आएपछि ती दुई समुदायबीच अन्तरविरोध तीव्र हुन गएको थियो । पश्चिमबाट अनेकन आकांक्षा र बढ्दो आवश्यकता थेग्न पूर्व हान्निएको नवआगन्तुक खसहरूको हूलको महत्त्वाकांक्षा र आवश्यकताको सम्बोधन परम्परागत सामाजिक रीति थामेर बसेको प्रशासक, सामन्तहरूसँग थिएन ।




बग्ने पानीजस्तै चहार्दै, डुल्दै, लड्दैभिड्दै हिँडेका खस, पर्वत, इस्मा, पाल्पालगायतबाट गोर्खामा केन्द्रीकृत हुन गएका क्षत्रिय र तिनका बिचारी ब्राह्मणको बुद्धि, बल, तिक्डमलाई सामना गर्न सक्ने अवस्थामा एकै ठाउँ जमेर बसेको रैथाने मगर समुदाय थिएन नै ।

उसै पनि सामन्ती प्रथा धानेर बसेका मगर प्रशासकसँग असन्तुष्ट रैथाने मगर गंगारामलगायतलाई भड्काएर फलाम काट्न फलाममै धार साँध्ने कुटिल चलाखी मगरविरोधीहरूले अपनाएका थिए ।

भुसुन्डीखोला पानीढलो, चेपे पानीढलो र दरौंदी पानीढलोबीचमा आवादी चलाएर बसेका घले/खड्गा मगरहरू र राना, वुषाल, मास्की, पुलामीमगरहरूबीच जारी तीव्र अन्तरविरोधले असन्तुष्ट मगरसँग असुरक्षित र असन्तुष्टिको भुंग्रोमा परेको क्षत्री, ब्राह्मणहरूको हातेमालो भएपछि त्यसको मार खेप्न रैथाने घले/खड्गामगरको तागत पर्याप्त भएन ।


पाल्पाबाट तत्कालीन छोप्राक बेलबासमा बसेका गणेश पाँडे, इस्माबाट आएका नारायणदास अर्याल, अर्घाबाट आएका सर्वेश्वर खनाल र भगीरथ पन्थ, सल्यानबाट आएका केशव बोहराबीच मोर्चावन्दी भएपछि यो बाहिरिया समूहले रैथाने मगरहरूलाई आफ्नो शासक मान्न अस्वीकार गर्‍यो । अनेक कारणले मगर शासकसँग असन्तुष्ट गंगाराम पनि त्यही समूहमा मिसिएपछि रागिनासको प्रशासन चलाई बसेका भीरकोटे खान/साही खलकका द्रव्यलाई अघि सारेर आफ्नो तुष्टि पूरा गर्ने दाउमा यो समूह लाग्यो ।


मगरले नमानेको दसैं

विसं १६१५ को दसैंमा दौडमा सामेल भई आफ्नो राजा छान्न सामेल घलेमगरहरूलाई गिंडेर द्रव्य शाहले लिगलिगकोट कब्जा गरेको मूलधारको इतिहासकारहरूले उल्लेख गरेको पाइन्छ । तर द्रव्य शाहले लिगलिगमा विजयादशमीको दिनमा राजाको दौडमा सामेल घलेहरू मारेर लिगलिग दख्खल गरेको कुराचाहिँ किन पनि मिल्दैन भने घलेहरू तिब्बतीकरण भएको बौद्ध धर्म मतावलम्बी थिए ।

त्यसैले तिनलाई हिन्दूहरूको विजयादशमी कुनै चाड, उत्सवको दिन थिएन नै (आचार्य, उही (१), पृ. ४३) । रैथाने अनुश्रुतिअनुसार पाल्पाली सेन राज्य विभाजित भएपछि विसं १६०५ पछिका दिनहरूमा रैथाने दलसुर घलेमगर प्रशासक छँदा अनेक विवाद उब्जिएपछि उनले हरेक चैत्र पूर्णिमाको दिन दौडमार्फत आफ्नो शासक छान्ने रीति छानेकामा एक जना घले लगातार बाह्र वर्षदेखि दौडमा प्रथम भई शासक बन्दै आएका थिए ।


उसै पनि त्यसबखत, बल हुनेहरू नै आफ्नो इलाकाको रक्षार्थ सामर्थ्यवान मानिने समय थियो र घलेहरूको अभ्यास त्यही ‘तिघ्रे’ तागतको मापन गर्ने एउटा हिस्सा थियो । द्रव्य शाहीले लिगलिग महविलथोक तल तिघ्रे गणतन्त्रको अभ्यास गर्दै दौडमा भाग लिइरहेका पाँच घलेहरू काटेर लिगलिगमा ‘पाखुरे’ एकात्मक साहीतन्त्रको धुन्य फहराएका थिए ।



समावेशी फौज

त्यसरी लिगलिग हान्न आउँदा द्रव्य शाहले साथमा केही लमजुङे गुरुङहरू पनि ल्याएका थिए, जसलाई उनले पछि उमरा पद दिएर राखेका थिए । राम साहीको पालासम्म वार्पाक, स्यार्तान, अठार सयखोला, सल्यान, वस्याहारी, खरी, मैधी, धादिङ आदि राज्यहरू गोर्खामा गाभिएपछि गोर्खामा मगर, गुरुङ, घले, तामाङहरूको संख्या बढ्न गयो ।

लिगलिगकोट, माझकोट, उपल्लोकोट, तल्लोकोट, सिह्रानचोक, अजिरगढमा खान/साही दखलपछि गोर्खालीसँग पहिल्यैदेखि मगर, बराम, क्षत्री, ब्राह्मण, माझी, कुमाल, ‘दलित’, गुरुङहरूको शक्ति एकीकृत भएकै थियो । उसो त, द्रव्य शाहलाई रागिनासबाट बोकेर गोर्खा ल्याउने काम बरामहरूले गरेका थिए (बराम र छन्त्याल–बराम जातिको चिनारी, पृ. २८) । गोरखाका कुमालहरूले गोर्खा राज्य विस्तारको क्रममा दौडाहाको रूपमा परिचालित भई सन्देश सम्प्रेषकको भूमिका निर्वाह गरेका थिए (मुखिया, बाघवीर–कुमाल जातिको अध्ययन, पृ २९) ।


यसरी गोर्खाले आफ्नो आकार बढाउँदै जाँदा देशको सबैभन्दा लडाकु शक्ति एउटै सैन्य क्याम्पमा एकीकृत भयो । त्यसले निश्चित एकल जातीय बनोटमा रहेका राज्यका सैन्यहरूलाई कहीँ पनि टिकेर अडिन दिएन । काठमाडौं उपत्यकाका राजाहरूले भाडामा ल्याएका नगरकोटी र गुहारमा बेलाइएका शक्तिशाली बाह्य अंग्रेज फौजले समेत उपत्यकाको राज्य गोर्खाली तारोमा परेपछि एक दशकभन्दा बढी समय थेग्न सकेन ।


कोट र थुमैपिच्छेका भुरे टाकुरे राज्य र सामन्तहरू रिझाउँदा रिझाउँदै जनतालाई त्यो झ्याउलो अत्यासलाग्दो काउसो बन्न गएको थियो । त्यसमाथि त्यस्ता सामन्तहरूको तीव्रत्तर परिवर्तनले जनतामा स्थिर र बलियो राज्यको आवश्यकता खड्किन गएको थियो । बढ्दो बसाइसराइ र पश्चिमबाट पूर्व बत्तिएको नवआगन्तुक चेतनासँगको संसर्गले समाजको परम्परागत शासकीय चेतनासँग तीव्र अन्तरविरोध बढ्न गएको थियो इतिहास : बाह्र मगरातमा शाही कटक

समाज सामूहिक जातीय संरचनामा बदलिएको थियो भने रैथाने सत्तासीन फौज एकलजातीय स्वरूपमा घिडघिडाएर रहेको थियो । परिणामस्वरूप, सामूहिक बुद्धि र तागत मिसाएर खनिएपछि त्यस्ता एकल जातीय फौजहरू समावेशी गोर्खाली फौजको सामु कहीं पनि टिक्न सकेन । बरु, कीर्तिपुरकै फौजमा काठमाडौं, पाटन, भक्तपुरको बहुल चरित्रको फौजी तागत जुटुन्जेल त्यसले गोर्खाली हमलाको सानदार प्रतिवाद जमाइराखेको थियो ।

तर जब, गोर्खालीहरूको फुटाउने र त्यही मौकामा मार हान्ने रणनीति अघि बढ्यो, उपत्यकाको एकलजातीय फौजले गोर्खालीहरूको बहुजातीय फौजसँग टाउको उठाउने मौकासमेत पाएन । बरु, तुलनात्मक तवरले समावेशी रहेको लमजुङे फौजले भने गोर्खालीहरूलाई जित्दै पूर्वोत्तर भेग पुगिसक्दा पनि छेवैमा सधैंभर हैरान खेलाइरह्यो ।


एकीकृत गोर्खाली फौजले अंग्रेज र मुसलमानी फौजको हुंकारलाई समेत सिन्धुली र मकवानपुरमा निचोरेपछि आक्रामक रूपमा विस्तारमा अघि बढ्यो । गोर्खा राज्यले जे–जति भुरे–टाकुरे राज्य आफूमा समाहित गर्‍यो, कालान्तरमा गोर्खा विस्तार अभियानको परिणामले एउटा भीमकाय देशको स्वरूप हासिल गर्‍यो र नेपालको रूपमा अस्तित्वको झन्डा फहरायो । विसं १८७२ को अंग्रेजसँग विभिन्न मोर्चाहरूमा नेपालले बेहोरेको महाभिडन्तपछि खुम्चिएको राज्य विस्तारको नेपाली मनोबल आजको भूगोलको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान जोगाउने अविराम प्रयत्नहरूमा विघटित भएर बसेको छ ।
.....


त्यसरी एकल चरित्रको फौजी र राजकीय स्वरूपको कमजोरीमाथि सामूहिक र समावेशी तागत संकेन्द्रित गरेर आफूलाई श्रेष्ठ सावित गरेको समाजको नेतृत्व गरेको गोर्खाली शाहवंशलाई महेन्द्रको पालामा आएर एकल भाषा, एकल भेष, एकल चिन्तनमा लागेर एकात्मकतामा केन्द्रित हुँदा त्यसले समाजमा बढिरहेको बहुल विचार, बहुल चेतना र सामाजिक विविधताका बहुल रङको बढ्दो यथार्थसँग सामना गर्न नसक्ने अवस्थामा पुर्‍यायो ।

सामाजिक बहुलता र निरंकुश एकात्मकताबीचको निर्णायक संघर्षमा पाँच सय वर्षअघि आफैंले अरूलाई घुँडा टेकाएको यथार्थ भुल्दा महेन्द्र निर्मित एकल चेतनाको सत्ता भाष्य र त्यसको आडमा बहुलता र विविधताको घाँटी अठ्याउन अग्रसर राजतन्त्र समाजमा विकसित नयाँ आवश्यकता, सामाजिक सम्बन्धहरूको निर्णायक संघर्षमा टिक्न सकेन र सधैंका लागि बिदा भयो । जसरी, हिजोका एकलजातीय सत्ताहरू बहुलजातीय सामाजिक यथार्थहरूका कारण ढलेको थियो, उसैगरि सामाजिक बहुल चिन्तनको यथार्थले राजतन्त्रात्मक एकल चिन्तनलाई बिदाइ गरिदियो ।

गोर्खाकोटमा शाहीे कटक
लिगलिग दखल गरेको वर्षदिन नपुग्दै आफ्ना सेनामेना लिएर द्रव्य माझकोट (हाल गोर्खा दरबार रहेको स्थान) हान्न पुगेका थिए । पन्ध्र दिन लामो फौजी भिडन्तपछि सोह्रौं दिनमा खड्गा राजा मारिएपछि द्रव्य साहीलाई नारायणदास अर्यालले विसं १६१६ भदौ २५ मा गोर्खाको ‘राजा’ का रूपमा अभिषेक दिएका थिए । त्यसरी द्रव्य साहीले जोडेको त्यही गोर्खा माझकोटको राज्य उनकै समयमा सिह्रानचोक, अजिरकोटमा विजयको शंखनाद गर्न पुगिसकेको थियो ।

नरभूपाल साहको पालासम्म अनेकन पटक जित्दै, गुमाउँदै फेरि जित्दै गोर्खा बारपाक, सल्यान, खरी, मैधी, धादिङ, सिम्जुङ, मझुवा, स्यार्तान, अठार सयखोला, बसेरी, चरङ्गे, निभारचोक, फिर्केप, कटुञ्जे कब्जा गरी त्रिशूली नदीमा सीमामा गोरखाको साँध लगाउन पुगेको थियो । नरभूपालकै पालामा त्रिशूलीमा खुँडा पखालेर नुवाकोटमाथि जाईकटक गरे पनि कठमाडौंको झिटीकटकमा पराजित भएपछि पृथ्वीनारायणको शासनारम्भ हुनुअघि गोर्खा १२ हजार घरधुरी भएको राज्यका रूपमा उपस्थित थियो ।

मुसलमान कि मगर ?
नेपालका विभिन्न भेग हुँदै कालान्तरमा केन्द्रीय नेपालमा शासक बन्न पुगेका शाहहरूको पुर्खा को थिए भन्ने विवादित बहसहरू सर्वथा नौलो होइन । कतिले उनीहरूलाई खान उपाधि जोडेको र शाहका पुर्खाहरूमा खांचा र मिंचाजस्ता नामहरू देखिएको कारण उनीहरू मुसलमान थिए भन्ने अड्कल काटेको देखिन्छ ।

तर, यो तर्क खास वलशाली देखिँदैन । बरु शाहहरूको पुर्ख्यौली मगर थियो भन्ने तथ्यहरूको फेहरिस्त भने प्रशस्तै भेटिन्छन् । गण्डकी क्षेत्रका मगरहरूले निकै उन्नति गरेर बाह्र खान (राजाहरू) को संघ खडा गरी ‘बाह्र मगरात’ नामको राज्य खडा गरेका थिए । यी सबै स्थानमा आ–आफ्ना खान (राजा) थिए । तर पनि भीरकोटका खान (राजा) लाई बडाखानको मनितो थियो (शर्मा, उही, पृ. ४) ।


लसर्घाको आलमदेवी जैनखानको दुर्ग हो । दुर्गमा दुर्गा भवानीको विजयध्वजा फहराउने गरिन्छ । विजयध्वजलाई स्थानीय भाषामा ‘आलम’ भन्ने गरिन्छ । त्यसैकारण दुर्गा भवानीलाई आलमदेवी भन्ने गरिन्छ । आलमदेवी आठटीकाका खान एवं साही/शाह वंशका कुलदेवी हुन् । आलमदेवीको पूजा विवाह नभएका मास्की रानामगरबाट हुने गर्छ (गुरुङ, जगमान– गण्डकीप्रस्रवणक्षेत्रको सांस्कृतिक सम्पदा, पृ. १०२) । काठमाडौंमा गद्दीनसीन छउन्जेल राजदरबारबाट वर्षैपिच्छे एक असर्फी आलमदेवीलाई जाने गर्थ्यो (शर्मा, उही, पृ. ९) ।


पाल्पाली सेनवंशी अभय राणक (मगर) ले सेनले मकवानपुरे गजसिंह नामका मगर राजाको छोरी कान्तिमतीसँग बिहे गरेको सेनहरूको वंशावलीमा उल्लेख भएको पाइन्छ (घिमिरे, विष्णुप्रसाद–पाल्पा राज्यको इतिहास, भाग २, पृ. १५) । अभय र कान्तिमतिका तेह्रौं पुस्ताका थिए मुकुन्द सेन । मुकुन्द सेनले पनि पारकोटका मगर राजा (?) की छोरी महादेवी सुवर्णमालासँग बिहे गरेका थिए ।

तिनैबाट जन्मेका माणिक्य सेन पाल्पाली गद्दीमा बसेका थिए (गुरुङ, जगमान, तमुवानको ऐतिहासिक वृत्तान्त, पृ. १९) ।
सिक्किमबाट लेखिएका पुस्तकमा पनि सेनवंशी राजाहरूलाई मगर राजा भनेर सम्बोधन गरेको देखिन्छ (प्रधान, कुमार–एक प्रहर, पृ. ६) । केशर पुस्तकालयमा रहेको हस्तलिखित ग्रन्थ ‘नारदस्मृति’ मा सेनवंशी राजा मुकुन्द सेनलाई मगर राजा उल्लेख भएको पाइन्छ । काठमाडौंका मल्ल राजाहरूले सत्रौं शताब्दीको पहिलो दशकमा गरेको मैत्री सहमतिमा पाल्पाली मगरहरूको आक्रमणबाट बच्न एक हुनुपर्ने उल्लेख भएको पाइन्छ ।


पृथ्वीनारायणको मावली पाल्पाली सेन राज्य थियो । उनकी माता कौशल्यावती पाल्पाली राजा गन्धर्व सेनकी छोरी थिइन् । विभिन्न वंशावली, टिपोट, बिहेवारीले मगर देखाएका पाल्पाली सेनहरूसँग गोर्खाली/भीरकोटे खान/शाहहरूको बिहेवारी चल्नु रोचक मात्रै छैन, त्यसको गहनताले शाहवंशको खास जरो खोज्न सघाउँछ । पृथ्वीनारायण आफैंले ‘मगरातको राजा मै हुँ’ भन्ने उद्घोष गरेको पाइन्छ (योगी र आचार्य, दिव्य उपदेश, पृ. २८) ।


खान/शाह ठकुरीहरूका निकटतम सहयोगीको कोटीमा आउने मगरहरूलाई ठकुरीका मावली खलक पनि भनिएको लोकाख्यानहरू प्रचलित छन् (सुवेदी, राजाराम–कास्की राज्यको इतिहास, पृ. ८७) । भीरकोटे ‘खान’ बाट विस्तरित हुँदै साही/शाह भएकाहरूको कुलपूजा हुने आलमदेवीमा मास्की रानामगर पुजारी रहनु उत्तिकै रोचक विरोधाभास देखिन्छ । कुनै पनि वंशको कुलपूजा हुने मन्दिरमा आफ्नै वंशको मात्रै पुजारी रहने हरेक परिवार, गोत्र, वंशहरूको सर्वमान्य प्रचलन हेर्ने हो भने खान/शाहहरूको कुलपूजाको मन्दिरमा मात्रै किन मगर पुजारी रहे भन्ने सवालहरूले शाहहरूको वंशीय नश्लको यथार्थ पर्गेल्न मद्दत गर्छ ।


शाह/खान/सेनहरूमा प्रचलित एकथरी अनुश्रुति अनुसार भूपालजी रावले वाँगे (च्वाँचे) पूजा गरी च्वाँचे (सुँगुर) को मासु खाएको हुनाले अरू भाइले ‘तिमीले अभक्ष्य खायौ, अब तिमी मास्सियौ’ भनेपछि उनी अरू भाइसँग छुट्टिएको र रैथाने मगरकी छोरी बिहे गरेर पूजा चलाएर बसेका थिए । दसैंको बेलामा आलमदेवीमा अहिले पनि सुँगुर बलि दिने गरिन्छ । नेपालका शाह राजाहरूले पनि राणाकालको मध्यान्तरसम्म आलमदेवीमा मगरहरूले जसरी नै सुँगुर र रक्सी चढाउने गर्थे । पछिबाट मात्रै सुँगुरको ठाउँमा शाह राजाहरूले बँदेल बलि दिन थालेको देखिन्छ ।


लसर्घा आलमदेवीमा मात्रै होइन मगरहरूलाई शाहवंशीय राजतन्त्रले सबैतिर आफ्नै साथमा राखेको र आफ्ना कुलदेवी र इष्टदेवीहरूको मन्दिरको पुजारी बनाएको देखिन्छ । खान/शाहहरूको प्रारम्भिक थलो मानिएको भीरकोटमा सारुमगर, गह्रौंकोटमा बरालमगर, खिलुङमा सारु, नुवाकोटमा सारु, सतहुँकोटमा पुलामी, सराङकोटमा चुमी थापा, ढोरमा दर्लामी, लमजुङमा दूधराना, गोर्खा कालिकामा भुसाल/मास्की, सल्यानकोट धादिङमा सारु/रानामगरहरू पुजारी रहेको देखिन्छ । यसले शाहहरूको वंशीय नशो मगरहरूतिरै केन्द्रित गर्न बल पुर्‍याउँछ ।

खान/साही/साह/शाह
राम शाहले चित्रविलासलाई लेख्न लगाएको ‘राजवंशावली’ ले शाहहरूको पुर्ख्यौली चित्तौरगढमा जोड्न पुगेको देखिन्छ । तर गोर्खाको राजवंश चन्द्रवंशी र चित्तौरको रावलवंश सूर्यवंशी भएकाले साहीहरूलाई चित्तौरमा जोड्ने राम शाहको प्रयास उदांगिएपछि त्यसलाई टाल्न धरणीधर (टिप्पणीकार ?) लाई ‘गोरक्ष वंशावली’ लेख्न लगाई सच्याउन खोजेको देखिन्छ ।

यसपटक भने साहीवंशलाई सूर्यवंशी राजा अयतिवुमदेखि उठाएर सूर्यवंशी देखाउन खोजिएको छ । राजेन्द्रविक्रमको पालामा लेखाइएको ‘गोरक्षधीस–चम्पु’ मा गोर्खाली शाह वंशलाई चित्तौरका राणावंश सावित गर्ने प्रयास गराइएको छ । राजेन्द्रकै पालामा शेरमान सिंह र उनका भाइ बुद्धिमान सिंहले लेखेको ‘जीवनचरित्र’ र ‘गोर्खा वंशावली’ ले पनि शाह वंशावलीलाई चित्तौरका ऋषिराज भट्टारक राणाजी रावमा जोड्न पुगेको छ (योगी, नरहरिनाथ–इतिहास प्रकाशमा सन्धिपत्र संग्रह, भाग १ का विभिन्न पृष्ठहरू) ।
.....


राजा/सरदार/बडाप्रतिष्ठित व्यक्तिको अर्थमा व्यवहार हुने तुर्की भाषाको ‘खान’ उपाधि भिरेको देखिन्छ जैनले । जुम्लाका कल्याल राजाहरूले सुरुमा राई र पछि साहीका रूपमा धारण गरेको राजपदवी कास्कीका जगति या नरराज खानले अनुकरण गरेको देखिन्छ । राम शाहको पालामा लेखाइएका पुस्तकमा साही र साह दुवै प्रयोग भएको देखिन्छ । त्यस समयमा दिल्लीमा जहाँगीर शाह सत्तासीन रहेकाले त्यसैको सिकोमा जुम्ली ‘साही’ को ठाउँमा दिल्ली ‘साह’ लेखाउन रहर गरेको बुझ्न सकिन्छ । तर साहीको प्रयोग भने पृथ्वीनारायणको समयसम्म सर्दै आइरहेकै देखिन्छ ।

विसं १८११ मा पृथ्वीनारायणले ढलाएको मोहरमा उनले साही उपाधि नै राखेका छन् । उनकै समयकालमा अविवाहितापट्टिका सन्तानलाई ‘साही’ र विवाहितापट्टिका सन्तानलाई ‘साह’ उपाधि व्यवहार गर्ने प्रवृत्ति देखिन्छ ।

शूर र वीरलाई जनाउन तुर्की भाषामा प्रयोग गरिने ‘बहादुर’ उपाधि पाल्पाली मुकुन्द सेन (द्वितीय) ले प्रयोग गरेकाले त्यसैको सिकोमा हुन सक्छ तरबार र लडाइँको अर्थमा प्रयोग हुने फारसीको ‘शम्शीर’ र ‘जगं’ शब्दका साथमा ‘बहादुर’ जोडेर ‘शमशेर जंगबहादुर’ को उपाधि धारण गरेका थिए पृथ्वीनारयणले –आचार्य, उही(१), पृ. ३९–४१) । त्रिभुवनको पालामा फारसीको शुद्ध रूप ‘शाह’ बिग्रेर ‘साह’ बन्न गएको व्याख्या गराई त्यसपछिका व्यवहारमा ‘शाह’ उपाधि लेखाउन थालेको पाइन्छ

हिरासतमा रहेका महरालाई विप्लवले लेखे यस्तो मार्मिक पत्र!


"प्रिय महरा सर, क्रान्तिको समरबाट अभिबादन । हामी तपाईका चेलाहरु आज निशब्द छौ । पत्याउनै गाह्रो भो । तपाइको भद्र स्वभाबले यस्तो छुद्र कार्य कसरि गर्यो होला भनेर मान्नै गाह्रो छ । महरा सरको त्यो स्कुलिङ्गमा युद्दको एउटा आदर्श थियो, जहाँ केवल एकजना संग मात्रै प्रेम बिबाह अनि यौनको स्कुलिङ्ग दिन्थ्यो । अन्य पराय बिबाहित महिलासंगको शारीरिक सम्बन्धलाई अनैतिक सम्बन्ध भन्थ्यो ।सर तपाइको आदर्श आज डगमगाएको छ । तपाइको कमजोरीमाथि बर्गबैरिहरु दशैँ मनाई रहेका छन् ! घर जलेको त्यो दिन एकपटक फेरी निसास्सिएको छ । जुनेलिरातका जुनाताराहरुको उजेली मधुर बनेको छ । क्रान्तिको आवेग हच्किएर तपाईलाई चियाएर हेर्यो अनि बन्दुकको निसानी फेरी एकपटक सल्बलाएको छ । तर ढिला भैसकेको छ महरा सर ।मलाई आज कामरेड भनेर सम्बोधन गर्ने गाह्रो भयो । मसंग सरको सम्बोधन बाहेक अरु केही रहेन । म क्षितिज पारि पर्खिरहेको परिवर्तनको उसा किरणसंगै छु । उज्यालो उसा किरण बोकेर धर्तीमा ल्याउने दुस्साहस गर्दै गर्दा सायद मेरो भौतिक शरीर जलेर उसासंगै नष्ट हुनसक्छ तर बिचार जिबित रहनेछ, म नभएर के भयो र ? आखिर बिचार त बाँचिरहनेछ । अँ साँच्ची संसदीय व्यवस्थाले तपाइको जिबन उदाङ्गो पारिदियो ।कमजोरी तपाईबाट भयो होला तर त्यसको अन्तर्निहित कारक तत्व संसदीय ब्यबस्था हो । यो व्यवस्थाले अन्तर्निहित सुन्दरताको हरण गरेर देखावटी रुपको बिज्ञापन गर्छ । आदर्शको सत्यानास पारेर नैतिक हिनहरुको संगत गराईदिन्छ । किन कि संसदीय थलोमा खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेचिन्छ । हो महरा सर त्यहि भएर आज तपाई आदर्शको चुलीबाट गर्ल्याम्म ढल्नु भएको हो । दोष त तपाइको थिएन, थियो त केवल त्यहि व्यबस्थाको थियो।सर्बहाराले देखेको कुरा हो, हुस्किको चुस्कीले मात लगाउछ, मात लागेको मनले उत्तेजित बनाउछ । आखिर धन सम्पती न हो दम्भ देखाउछ । फोकटमा पाएको सुख सुबिधाले त झनै आदर्शको हिमशिखर बिलाई खल्बल्लिएको मस्तिस्क हुँदै दरिद्र आत्मा भएर अनैतिक कार्यशैलीमा छछल्किन्छ, अनि पोखिन्छ। हो त्यस्तै भएको हो तपाइको आदर्शको जिन्दगी, यो दोष पनि त्यहि पातकी संसदीय ब्यबस्था हो । कसैको घर उजाड बनायो, कसैको नैतिकता हरण गर्यो, कसैको उठिबास लगायो, यो सब ब्यबस्थाकै कारण हो ।मैले यतिबेला सम्झिरहेको छु । चुनबाङ्ग बैठकपछि प्रचण्ड कामरेड र बैद्य कामरेडको बैचारिक धार विभाजन हुँदा तपाई मौन भएर दोसाँधमा उभिनुभएको थियो । नत प्रचण्डको बिचारमा तपाईको अडान थियो नत बैध्य कामरेडको बिचारमा थियो । तर अन्तत: तपाई प्रचण्ड कामरेडको संसदीय बाटो पकड्नुभयो । जसको फलस्वरूप आज इनाम पाउनुभयो, म निकै दुखि छु ।मेरा युद्द्कालिन मित्र बादलले हत्कडी लगाएर आज हिरासत पठाए, त्यो उनले नुनको सोझो गर्ने कर्तब्य थियो । आशा गर्छु छानबिनपछि अडिक आदर्श सहित मेरा आदरणीय महरा सर फर्किनुहुनेछ र फेरी भन्नुहुनेछ ‘माननीय सदस्यहरु हुन्छ भन्नेले हुन्छ भन्नुस, हुन्न भन्नेले हुन्न भन्नुस’ । क्रान्तिकारी अभिबादनसहित -उही कमरेड विप्लव,
(लेखक विप्लव महराका शुभचिन्तक हुन) साभर: सामाजिक  संजाल

सक्छौ भने माया गर !

"सक्छौ भने माया गर ,सक्दैनौं प्रेम नगर् , तर बाध्यताको नाममा धोका नदेउ किनकी उसको पनि कमल हृदय छ!"

Tuesday, October 8, 2019

कथा - चाबीको झुप्प एकटकले हेरिरहें -हेरिरहेंं !


खड्क पामी आले
,आजभोली अफिस जान भने पछि हुरुक्कै हुन्छु। कहिले पुगुँ र त्यो रिसेप्सनको कुर्सीमा गएर थच्च बसुँ जस्तो लाग्छ। मानौं अचेल त्यो रिसेप्सनको कुर्सीमा आधुनिक चुम्बक छ ! अनि पो त्यसले मलाइ तानी रहन्छ। नत्र किन म अफिस भने पछि मरिहत्ते गरेर दौडन्छु त ? जति काम गरे पनि तलब भत्ता जस्ताको तस्तै ! तर पनि म भित्र भने अचेल अचम्मको जाँगर खुबै चलेर आँउछ।पहिले त अफिस भने पछि वाक्कदिक्क लाग्थ्यो। कहिले छुट्टी लिउँ ! कहिले बिदा पर्ला ! कहिले शनिबार आउला र आनन्दले बसुँला जस्तो लाग्थ्यो तर अचेल त शनिबार नै नआए नि हुन्थियो , कुनै दिन पनि बिदा नपरे हुन्थियो, हरेक दिन अफिस खुलोस र हरेक समय त्यो रिसेप्सनको कुर्सी नछोडु जस्तो ! लाग्छ हरेक समय त्यही कुर्सीमा बसिरहुँ-बसिरहुँ त्यो कुर्सीमा बसे पछि कहिले रात नपरोस र कहिले अफिस बन्द नहोस।


अचेल घरमा पनि आमाले खाना बनाउनु हुन्न।म आफै बनाउँछु किनकी ५-१०  मिनेट भए पनि छिटो गरूँ र अफिस पुगुँ अनि त्यो रिसेप्सनको कुर्सीमा थचक्क बसेर आनन्दको श्वास फेरुँ। आमा पनि अचेल मेरो जाँगर र परिबर्तन देखेर चकित हुनु भएको हुनु पर्छ किन कि पहिले-पहिले केही काम नगरी अफिस जाने मान्छे ! तर अहिले आमाले त भान्साको काम केही छुनै नपर्ने भएको छ। अचेल म चाँडो अफिस आउन थालेको मीरालाई पटक्कै मन परेको छैन। एक दुइ पटक त उनले मलाई सम्झाई पनि सकिन्। तर मेरो आफ्नै कुरा ………! मेरो परिबर्तन देखेर मीरा पनि अचेल अचम्म मान्दिहोलिन्। मीरा मेरो अफिसको सबै भन्दा पुरानो र असाध्य मिल्ने साथी हुन्। उनी सोझी , जेहेन्दार ,इमान्दार ,सरल र राम्री पनि छिन्। उनी मलाई हरेक कुरामा सल्लाह-सुझाव दिने गर्छिन्। वास्तवमा उनी मेरो परिवारको सदस्य जस्तै भए पनि अहिले सम्म मेरो घरमा भने पाइला टेकेकी छैनन्।न त म नै उनको घरमा पुगेकी छु।

तर पनि हामी असाध्य मिल्छौं। चाँडो-चाँडो अफिस आउने त मेरो आदत नै भै सक्यो। सायद उसलाई पनि मेरो आदत थाहा भयो क्यारे ! उ पनि त अचेल अलि चाँडो आउन थालेको छ। कति सुन्दर मान्छे ! अग्लो , गोह्रो .चिटिक्क परेको जुँगा अनि मीठो मधुर हाँसो , कति मायालु अनुहार ,चौडा छाती , टम्म मिलेको खाइलाग्दो जीउडाल , देब्रे तिर लरक्क लर्किएको केश ,जति हेरे पनि नघाउने रुप ! मिल्ने भए देखि त म आँखै भित्र राख्ने थिएँ ! अनि आफैलाई हेरे जस्तो ऎना भित्र हेर्ने थिएँ ! के होला उसको नाम ? कहाँ होला घर ? घरमा को को होलान् ? बिहे गरेको छ कि छैन होला ? पक्कै छैन ! भए त सँधै मलाई हेरेर हाँस्ने नै थिएन नि ! हुन त केटा मान्छेहरू केटी देखे पछि यसै गर्छन् भन्छन् ! तर मलाइ उ प्रति पुरा बिश्वास छ। हे भगवान मेरो बिश्वासको घर कहिल्य-कहिल्य नभत्कियोस। भत्किने छैन पनि। काम नै गर्ने होला कहाँ होला उसको काम ! यतै कतै नजिकै होला। नत्र किन दिनहु यही बाटो ओहोरदोहोर गर्थ्यो होला र ? काम पो कस्तो छ कुन्नि ! राम्रै होला। मान्छे त त्यति राम्रो छ।

सँधै १० बजे आएर ५ बजे फर्किन्छ सायद सरकारी जागिर हुनु पर्छ। सरकारी पनि अधिकृत नै जस्तो छ ! तलब पनि राम्रो होला ! सायद भन्सारमै होकी ! ज्यान हेर्दा पनि हाकिम जस्तै छ। प्राइभेटमा भए कहा १० बजे गएर हुन्छ ! यी हाम्रो त ९ बजे नै खुल्छ।बरु नजिकै भएर पो गाडी नचढेको होला ! आ अब जे सुकै होस ज्यान गए नि छोड्दिन म उसलाई। अँह कुनै हालतमा नि छोड्दिन। बरु एकदिन खुसुक्क बोलाउँछु अनि सबै कुरा छर्लङ्ग सोध्छु र छर्लङ्ग भनिदिन्छु। साच्चै कति धेरै मन पराउँछ होला मलाई उसले ! नत्र किन सँधै यही बाटो हिंडछ त ? हिंडे पनि किन मेरो रिसेप्सनको कुर्सी अर्थात म बसेको तिर ढल्की-ढल्की हेर्छ ?हेरे मात्र पनि ठिकै फेरि किन मलाई नै हेरेर मुसुक्क हाँस्छ ? अचेल उसको त्यो मधुर मीठो हाँसोमा मायाको अनुभव गर्न थालेकी छु।

जिन्दगीको सपना बुन्न थालेकी छु अनि दिन-प्रतिदिन त्यो मीठो सुन्दर सपनाको संसारमा कता-कता हराउन थालेकी छु। उसको हरेक हेराईमा अचेल जिन्दगी खोज्छु म। उसको हरेक हाँसो संगै मायाको श्वास आनन्दले फेर्छु। सोच्छु अनि सम्झन्छु कति सुन्दर हुन्छ होला जिन्दगी ! कतै केही कहिल्य कमी महसुस हुने छैन।उसको भन्सारमा सरकारी अधिकृतको जागिर ! प्राइभेट नै भए पनि मेरो पनि राम्रै छ। बिहे पछि पनि म जागिर छोड्दिन। पोलिक्ल्निक बाताबरण पनि राम्रो छ। कोही बिरामी पर्दा पनि त सजिलो। तलब पनि राम्रै छ किन छोड्नु ? मेरै तलबले खान पुगी हाल्छ। उसको त पुरै जोगिन्छ। बरु गाडी छैन भने बिस्तारै त्यो पो किन्नु पर्छ। घर त राम्रै होला खानदानी जस्तो छ मान्छे हेर्दा त ! जिन्दगी साँच्चै सुनौलो हुने भो ! भगवानले पनि मेरो लागि राम्रै मान्छे पठाएको रहेछ। भावीले भाग्य पनि बलियो साइत मै लेखिदिएको रहेछ। जोडा पनि असाध्य मिल्छ हाम्रो। धन्य छ भगवान तिमीलाई पनि। सबैले डाहा गर्ने भए बा ! मेरो जस्तो भाग्य र जिन्दगी त कसैको नहुने भो। मीराको पनि उ जस्तो राम्रो त पक्कै छैन होला। उ जस्तो हुनु त यो जुनीमा त्यतिकै हो। मीरालाई पनि एकचोटी देखाई दिन्छु त्यो मेरो मान्छे। आ होस् !डाहा मात्र गर्छे बेकारमा भो देखाउदिन।

मिल्ने साथी भनेर हुन्छ र ? हुन त सबै कुरा उनलाई भनेकी छु तर त्यो मान्छे भने कहिले पनि देखाएकी छैन मैले। बिहेमा देखिहाल्छे नि ! बरु अब चाडो भन्दा चाडो त्यो मान्छेलाई भेटेर कुरा गर्छु अनि आमालाई भनेर यही बैशाखमै बिहे गर्छु। बिहे गर्ने बेला पनि त भयो अब ! आमा पनि भन्दै हुनुहुन्थियो अब छोरी हुर्की ज्वाइको घर पठाउने ! ठिकै हुने भो। २५  बर्ष काटे पछि हामी केटीहरुको बिहे गर्न हतार नै गर्नु पर्छ। हुन पनि हो नत्र फेरि केश फुलाएर चाहुरिदै बुढी कन्या भएर बस्नु पर्छ। के को चाहुरिनु के को बुढीकन्या नि अब ! मेरो उ सँग चांडै बिहे हुदै छ नि ! आमा पनि उसलाई देखेर मख्ख पर्नु हुन्छ सायद ! सपनामा पनि कहिले सोच्नु भाको छैन होला त्यस्तो राम्रो ज्वाई त ! अब त झन मेरो राजा बोलु-बोलु गर्न थालेको छ। मलाई हेरेर नहाँसेको त दिनै छैन। मैले जस्तै उसले पनि मीठा-मीठा सपनाहरु सजाएको हुनु पर्छ। बिचरा …! सबै कुरा मलाइ भनेको भए पनि त हुने थियो नि !

आ होस एकदिन मै बोलाउँछु। समय मिलाएर कतै जानु पर्ला ! टाढा-टाढा कतै सुनसानमा जहाँ हामी दुइ बाहेक अरु कोही हुने छैन। अनि हाम्रो कुराकानी कोही कसैले सुन्ने छैन। मेरो राजालाई चाहे जति माया गर्ने छु म ! अनि उसको चौडा छातीमा लपक्क टाँसिएर मायाको श्वास आनन्दले फेर्ने छु ! उसले पनि माया गर्दै घ्वाप्प अंगाल्ने छ। अनि मेरा यी बैशालु अंग-अंग चाहे जति धीत नमरे सम्म चुम्ने छ। सपनाको सुनौलो मीठो संसारमा हामी दुवै हराउने छौं। जिन्दगीका खाली पानाहरु सबै मायाले कोरिने छ। अनि समय सँग सम्झौता गर्दै जबरजस्ती फर्किने छौं। फर्किए पछि सबै कुरा एकएक मीरालाई सुनाउने छु। उनी दंग पर्नेछिन्। डाहा/इष्या पनि गर्नेछिन्।

अनि जिद्दी गर्नेछिन् र भन्नेछिन् मलाई पनि देखाई देउन त्यो तिम्रो राजा ! अनि उसको जिद्दी पन सँग म सजिलै हार्ने छु र भोलिपल्ट मेरो राजकुमार मीरालाई देखाउने छु। मीराले डाहा र इष्या सँगै धेरै-धेरै तारिफ पनि गर्नेछिन्। खै उसलाई देखे देखि, उसले हेर्न थाले देखि मेरो मन बरालिएको छ।आजभोलि मनमा यस्तै-यस्तै कुराहरु मात्र खेली रहन्छ। उ आउने बाटो तिर मात्र आँखा दौडी रहन्छ केवल उसकै आकृति खोज्दै निरन्तर-निरन्तर ! मनभरी अनेक कुराहरु खेलाउँदा खेलाउँदै कहिले निकै चाडो अफिस आइपुग्छु। के के सोच्छु के के ! पागल्नी जस्तो ! पागल्नी नै हुन लागि सकें म ! कहिले खाना खानै बिर्सन्छु ! कहिले एउटा आँखामा मात्र गाजल पोत्छु ! निद्रा पटक्कै पर्दैन ! आँखाभरि पल-पल उसैलाई मात्र देखि रहन्छु। कोही कसै सँग बोल्नै मन लाग्दैन ! हे दैव के हुन लाग्यो यस्तो ? मायामा बाँच्न कति गाह्रो हुँदो रहेछ ! माया साँच्न झन गाह्रो हुँदो रहेछ ! तड्पिएर बाँच्न त झन त्यो भन्दा नि गाह्रो हुँदो रहेछ !तर पनि भोलिको सुन्दर सपाना बोकेर आशै आशमा बाँचेकी छु अचेल उसको निम्ति केवल उसैको निम्ति !

आज मैले मीराको जिद्दी पन सँग हारेर बचन दिएकी छु त्यो मान्छे देखाउने खै के ठान्ने हुन मीराले ! डर,त्रास र खुशी मनभरि सबै एकैचोटी तछाड-मछाड गर्दै छ। मीरा भने भित्र काममा व्यस्त छिन्। त्यो मान्छे आउने बेला नि भै सक्यो। न भन्दै उ पनि आयो तर सदा झैँ हाँसेर गएन आज ! उ त सोझै म भए तिरै आयो ! मेरो खुशीको सिमा रहेन। खै कसरि आज यस्तो भयो ? सपना हो कि बिपना यो ! मेरो राजा ! मेरो राजकुमार ! मेरो प्राण ! मेरो मुटु म भएतिरै मलाई भेट्न हतारिदै आउँदैछ। के गरूँ कसो गरूँ म आत्तिएँ। होस सबै हरायो। तै पनि क्षण भरमा आफुलाई सम्हालें। उ त मेरो छेउमै आएर टक्क उभियो अनि मुसुक्क हाँस्यो। म पनि उ जसरि नै हाँसें। उ नम्र भएर भन्न लाग्यो – ” मीरा कहाँ छिन् ? म मीराको श्रीमान। आज अलि ढिला फर्किनु पर्ने भो त्यसैले यो चाबी मीरालाई दिनुस है।” खै त्यस पछि के के भन्यो उसले केही थाहा भएन। केही बेरमै उ हिड्यो।

म हेरेको हेरेकै भएँ। मुहार रातो भयो। मनभरि पीडा र डाहाको आगो एकैचोटी दन्कियो। यतिनै बेला भित्रवाट मीरा फुत्त निस्किन् र मेरो छेउमै आएर सोधिन् -” खै त् तेरो राजकुमार आज आएन ? ” मेरो बोलि ठप्प रोकियो। केही बोल्नै सकिन। अनुहार रातो र तातो भयो अनि उसले छोडेको त्यही मीराको चाबीको झुत्तामा एकोहोरो हेरिरहें – हेरिरहें ….

©साभार : सामाजिक संजाल

Friday, October 4, 2019

असल मान्छेले मात्र किन दु:ख पाउछ ?

Khadka pami Ale
यो आलेख ! रामकृष्ण परमहंस र उनका चेला स्वामी विवेकानन्दका बीचको यो संवाद ‘कबाडखाना’ नामक एक हिन्दी ब्लगबाट लिइएको हो ।

स्वामी विवेकानन्द : समय निकाल्नै गाह्रो हुने, यता                  उता दौडधुप गर्दैमा फुर्सद नपाइने !
रामकृष्ण परमहंस : गतिविधिहरूले तिमीलाई व्यस्त                 राख्छन्, उत्पादकर्ताले स्वतन्त्र बनाउँछ ।
स्वामी विवेकानन्द : आज जीवन यति जटिल किन छ ?
रामकृष्ण परमहंस : जीवनलाई विश्लेषण गर्न बन्द गरिदेऊ । यसले जीवनलाई झन् जटिल बनाउँछ, जीवनलाई मात्र जिऊ व्याख्या नगर ।
स्वामी विवेकानन्द : हामी सधैं किन दु:खी हुन्छौं ?
रामकृष्ण परमहंस : केही न केही कुराले चिन्तित रहनु तिम्रो बानी बनिसक्यो । यसैकारण तिमी खुसी हुन सकिरहेका छैनौं ।
स्वामी विवेकानन्द : असल मान्छेले सधैं किन दु:ख पाउँछन् ?
रामकृष्ण परमहंस : हीरा रगडिएपछि मात्रै चम्किन्छ । शुद्ध हुनका लागि सुनलाई आगोमा पकाउनुपर्छ, खार्नुपर्छ । त्यस्तै असल मानिसहरूले दु:ख पाउने होइन, उनीहरूले परीक्षाहरूबाट गुजि्रनुपर्छ । यस अनुभवबाट उनीहरूको जीवन झन् राम्रो हुन्छ, यो अनुभव बेकार जाँदैन ।

स्वामी विवेकानन्द : तपाईंको मतलब यस्तो अनुभव उपयोगी हुन्छ ?
रामकृष्ण परमहंस : हो, हरेक ढंगबाट हेर्दा अनुभव एउटा कठोर शिक्षकजस्तो हुन्छ, जसले पहिले परीक्षा लिन्छ र पछि शिक्षा दिन्छ ।
स्वामी विवेकानन्द : अनेक समस्याले घेरिइरहने भएकाले होला, हामीलाई आफू कता जाँदैछु भन्ने थाहा हुँदैन….
रामकृष्ण परमहंस यदि तिमी बाहिरी दुनियाँतिर मात्र हेर्छौ भने कहाँ जाँदैछौ भन्ने थाहा पाउनेछैनौ । यसका लागि आफनोभित्र चियाउनुपर्छ । आँखाले केवल दृष्टि दिन्छ, हृदयले बाटो देखाउँछ ।
स्वामी विवेकानन्द : के असफलता सही बाटोमा हिँड्नुभन्दा पनि पीडादायी हुन्छ ?
रामकृष्ण परमहंस : सफलता त्यो मानक हो जो अरू मानिसले निर्धारण गर्छन्, सन्तुष्टिको मानक तिमी आफैंंले निर्धारण गर्छौ । सन्तुष्ट हुनलाई अरूको मत चाहिंदैन ।

Sunday, September 29, 2019

सेहेच खबर


खडक पामी आले

डीस्येई डीस्या ज्याके ईसे ह्याले चलन ?
काटै न आले पट्टको न होजाट्के च मीछाना ।
ग्याहोटीए पाच आहारा चीभ्येई हीके स्याट्ले ?
लहो टूक्के लहै न पाईङ हीके होटा जाट्ले ?

                ज्याके गाके बील्के ईसे हरै पाले,
                माज्याम जीवाच च, ईलाङ सूरा माले ।
                काम जाट्के ईलम जाट्के लहो टूक्के डेम,
                हेक माहेक कसरा चेले हूर्मट डाके डेम ।

जाट्नी काम पट्टकोई न ऊढगोग ईलम जाट्नीस ।
बा–बाङ बू–बूङ खर्च चैँ होटान माजाट्नीस ।
याÞका डानी नूनीङके ड जाट्नीस सेहेच काम,
Þासके ङोस्के परीयार ज्याके च हीडीस्ले माम ।

                हान मड्ड गाम कान ढेन्नाम सेन ड मीछाने ?
                लहो हूड्डीए माटूर्म बरू खाटी आछाने ।
                सोक फीकर सट्टूर ढरी ईच्यै न सेनक्ले,
                लहो डेच लोगा कोठा आच्यै न योनाक्ले ।

जाट्नीस काम हूर्मट डाके नूनीÞङले ड ङोस्म,
जजा मीजा कोक्के पारीया सेहेच सेहेच खास्म ।
सीनाङ माÞट्नाङ लगनाङ डेग खर्च हीके जाट्के ?
नूनीङके ड ङोस्क छाना हीके नून्लाक छान्के ?
               
                हूर्मट डाके डेचै खर्च ढलीङ आजाके ?
                कहर टकीङ कहर झन ईसे न आफाटे ?
                लहो डूङगा ङोस्म ज्याच कूरा ज्यानीस,
                मासेहेच बैगून जटी कापटी लोहोनीस ।

सेहेच काम जाट्ड्याक सेहेच कानको आछाना,

ठोरै खर्च जाट्के परीया चाहाँटूङ जमाना ।
भडाक मट्टै जाट्म वÞाके काने मीछाने ?
सेहेच लाम जीम्के छाना बल्ल ढेन्नाम आछाने 

आढीस्याहा

खडक पामी आले



ङासे फून्म खालाप्च बोई – मोईके न !
मेहेकोई “क” अक्खा मावर्नाङ ड्
वाराका ङाके काट निस हील्के सूए ? आसके न !!!


मोईओ ढूट जीवाट्म डाच कानूङ बोई – बाज्यूके न,
लहो भाँटी रोस्के माडास्च पट्टके न,
मीक्डी ड नाम्चोस गाम जीवाचकोके न,
सू लहो – मिज्याट पाम अघेर ख्योहोम ले, आसके न,


हटैं,

सू – सूए कानूङ ढूटके ढेमाङ टाहाके रीक्मा आखेराका आस्के न, ङौ ईसे आढीस्याहा !

Thursday, September 26, 2019

पठन संस्कार

       कसरी पढ्ने !
   पठनमा रमाउन त्यस्तो विधि पढन्ते भइरहनु पर्दैन । तपाईं पठनमा रमाउन सक्नुभयो भने यसले कुनै विषयमा जानकार मात्र बनाउँदैन, गर्न आँटेका काममा पनि सहयोग पुर्याउँछ । पठनले हाम्रो सोचाइ र चिन्तनलाई फराकिलो बनाउँछ । साथीभाइको जमघटमा होस् या प्रोफेसनल कुराकानी गर्दा नै किन नहोस्, पठनमा रुचि हुनेहरुमा कुरा गर्ने मेसो पनि हुन्छ । तर हिजोआज अधिकांशको एउटै गुनासो हुन्छ, पढ्न त मन छ तर के गर्नु ? फुर्सदै हुन्न । साँच्चिकै हामीलाई पढ्न मन छ भने र केही कुरामा ध्यान दिन सक्यौँ भने पढ्नको लागि समय छैन भनिराख्नु पर्दैन ।  थोरैबाट सुरुवात : एकैचोटी धेरै पढ्न खोज्दा पढ्न सकिँदैन । भर्खरै पढ्न सुरु गरिएको छ भने कुन कुन पुस्तक पढ्ने भनेर छनोट गर्नुस् । पूरा गर्नै नसक्ने प्रतिबद्धता नगर्नुस् । आज यति पढिसक्छु भनेर सहजताको साथ सुरु गर्ने । पुस्तक पढ्ने बानी नभएकाले आज ५० पाना पढिसक्छु भनेर प्रतिबद्धता गर्न सकिन्छ । यसो गर्दा पढ्ने तनाव हुँदैन । भोलि पनि त्यही पुस्तक सुरुवात गर्ने र पढ्दा तनाव महसुस भएन भने अघिल्लो दिनको भन्दा १० पाना अरु बढाउन सकिन्छ ।
आफ्नो उद्देश्य आफैँले बनाउने : पढ्ने उद्देश्य आफैँले बनाउने हो । अरु कसैले भन्दैमा बानी बस्दैन । अरुले भनेको आधारमा पढाइ त सुरुवात गरिएला तर निरन्तरता दिन गाह्रो हुन्छ । सन् २००९ मा अमेरिकी एक विश्वविद्यालयमा गरिएको अनुसन्धानले जसले अब यसरी पढ्छु भनेर साथीभाइमाझ योजना सुनाउँछ, कालान्तरमा उनीहरुले नपढ्ने देखिएको थियो । किन यस्तो हुन्छ त रु अनुसन्धानअनुसार आफू कसरी पढ्ने भन्ने योजना अरुलाई सुनाउँदा अर्को व्यक्तिले तिमीले भनेजसरी हैन, मैले भनेजसरी पढ भनेर योजना सुनाइँदिदा र त्यो योजना अँगाल्दा आफ्नो योजनाले विफल भएको देखिएको छ । त्यसकारण केही नितान्त व्यक्तिगत योजना नसुनाएकै राम्रो ।
अत्यास लाग्दा नआत्तिनुस् : अधिकांश पाठकलाई जतिसुकै मज्जाको पुस्तक भए पनि बीचमा पुगेपछि पढ्न अल्छी लाग्छ । मैले यो किन यो पढिरहेको छु भनेर अत्यास लाग्छ तर पिर नमान्नुस् । जे हुन्छ राम्रैको लागि हुन्छ । पढिरहेको पुस्तकबाट केही ज्ञान प्राप्त गरेजस्तो लाग्दैन वाहियात लाग्छ भने त्यो छाडिदिनुस् र अर्को सुरु गर्नुस् । ‘द ह्यापिनेस प्रोजेक्ट’का लेखक रविनले भनेका छन्– जित्ने मान्छे कहिल्यै भाग्दैन । ऊ अघि बढ्छ । पढ्दापढ्दै अल्छी लाग्यो भने तपाईं झन् धेरै पुस्तक पढ्नुस् राम्रा राम्रा । अल्छी लाग्यो भनेर बीचैमा छाड्ने हो भने कहिल्यै पढिदैन ।
जे मन पर्छ त्यही पढ्ने : सुरुवाती चरणमा आफ्नो रुचि के हो थाहा नहुन सक्छ । त्यतिबेला जुनसुकै पुस्तक पनि पढिन्छ तर केही फरक स्वादका पुस्तक पढ्दै गएपछि भने आफ्नो रुचि ठ्याक्कै थाहा हुन्छ । मान्छेको स्वभावअनुसार रुचि फरक हुने गर्छ । कसैलाई आख्यान मन पर्ने हुन सक्छ भने कसैलाई गैरआख्यान । आफू जे पढ्दा रमाउन सकिन्छ, त्यही विधा रोज्न सकिन्छ ।
पुस्तक नछुटाउनुस् : जहाँ जाँदा पनि आफूसँगै पुस्तक लैजानुस्, नछुटाउनुस् । यस्तो अवस्थामा तपाईंले थोरै फुर्सद हुँदा वा मौका पाउनेबित्तिकै पढ्न सक्नुहुन्छ । कसैलाई पर्खिरहनुभएको छ, अस्पतालमा लाइनमा हुनुहुन्छ भने यस्तो बेलामा तपाईंको सबैभन्दा राम्रो साथी पुस्तक नै बन्न सक्छ ।
पढ्नको लागि समय छुट्ट्याउनुस् : सबैभन्दा ठूलो कुरा पढ्नका लागि समय छुट्ट्याउनु हो । जब हामीले समय नै छुट्ट्याएर, यो महŒवको काम हो र यसलाई म यति समयमा पढ्छु भनेर प्रतिबद्ध भयौँ भने केही दिनभित्रमा नै हामी त्यो समय तालिकामा अभ्यस्त हुन्छौँ । हामी अधिकांश समय सामाजिक सञ्जाल र युट्युबमा बिताइरहेका हुन्छाँै । सामाजिक सञ्जाल र युट्युब चलाउने समय घटाइदिने हो भने पढ्नका लागि समय निकाल्न सकिन्छ ।
पढ्ने कुरालाई चुनौतीका रुपमा लिनुहोस् : निरन्तर ३÷४ घण्टा लगातार पढ्नु कम्ती त चुनौतीको कुरा हैन १ पढाइलाई हलुका रुपमा नलिई चुनौतीको रुपमा लिनु पर्छ । त्यसरी लिँदा समयको व्यवस्थापन मिल्छ । सँगै अरुले के पढिरहेका छन् भनेर चिया गफ पनि गर्न सकिन्छ ।
पढ्ने वातावरण आफैँ सिर्जना गर्ने : वरिपरिको वातावरण आफैँ सहज हुँदैन, न त अरुले नै सहज बनाइदिन्छन् । आफूलाई कस्तो वातावरण चाहिएको छ, त्यसैअनुसार वातावण सिर्जना गर्ने हो । घरमा होहल्ला हुन्छ, आफ्नै फोन आएर हैरान भइन्छ भन्ने छ भने हल्लाकै बीचमा पढ्ने बानी बसाल्नु पर्छ र पढ्ने बेलामा मोबाइललाई बन्द गर्न सक्नुपर्छ ।
पुस्तक आफैँ किन्ने : जसरी हामी कपडाका लागि तथा अरु कामका लागि भनेर पैसाको जोहो गर्छौं, पुस्तकको लागि पनि जोहो गर्नुपर्छ । पुस्तक मागेर हैन, आफैँ किनेर पढ्ने बानी बसाल्नुपर्छ । जब पुस्तक पढिसकिन्छ, त्यसपछि त्यो पुस्तकबारे धारणा बनाउन सकिन्छ । त्यसलाई लेखेर अथवा छलफल गरेर प्रस्तुत गर्न सकिन्छ ।
प्रविधिको अधिकतम प्रयोग गर्ने : धेरै जसोलाई प्रिन्ट पुस्तक नै मन पर्छ । पुस्तकको सुगन्ध, नयाँ पानालाई सुम्सुम्याउनुको मज्जा नै छुट्टै हुन्छ । स्क्रिनमा पढ्नुभन्दा पुस्तकै हातमा लिएर पढ्नु कयौँ गुना आनन्द हुन्छ । सधैँभरि साथमा प्रिन्ट पुस्तक नै लिएर हिँड्न नमिल्न सक्छ । त्यसको विकल्प स्वरुप अडियो बुकलाई लिन सकिन्छ । हातहातमा स्मार्टफोन हुनेले सुन्न र स्क्रिनमा पढ्न सहज हुन्छ ।
सोेचाइ बदल्नुस् : पढ्ने कुरालाइ विशेष केही नठान्नुस् । पढ्नु पनि प्राकृतिक कुरा हो, जसरी हामी खान्छौँ श्वास फेर्छांै, सोच्छौँ, त्यस्तै पढ्नु पनि एउटा काम हो भन्ने सोच्नुस् । यसरी सोच्दा पढ्नै पर्ने छ भनेर चिन्ता लिइरहनु पर्दैन ।
पढ्ने कुरा धेरै छन् : अखबार, म्यागेजिन, अनलाइन सामग्रीहरु प्रशस्तै पाइन्छन् । फुर्सद भयो कि पढ्न तयार भइहाल्नुस् । जस कारण तपाईंको पढ्ने गति बढ्न थाल्छ ।
धेरै थरिका पुस्तक पढ्ने : पुस्तकहरुको विविधता यति धेरै छ कि हामीले के गर्दा के पढ्ने भनेर छुट्ट्याउन सक्छौँ । घुम्दा पढ्ने, घरमा गहिरो अध्ययन गर्ने, रेस्टुराँमा पढ्ने विषयहरु कि त किताब कि त इबुक छुट्याउनु पर्छ । यसरी ठाउँअनुसार, मुडअनुसार र इबुक वा किताबलाई छुट्याउन थाल्नु भएपछि तपाईंको पढ्ने जाँगर पनि बढ्दै जान्छ । जति पढ्दै गयो, उति धेरै नयाँ कुरा थाहा हुँदै जान्छ । यसै समय खेर फाल्नु भन्दा पढ्नुका फाइदा बुझ्दै जानुहुन्छ । इन्क म्यागेजिनबाट अनुवादित अंश

















कछारकी रानी घण्टाचुली

 घण्टाचुली 

खड्क पामी आले

"एउटा कस्तुरी आफ्नो नाभिबाट निस्केको वीनाको सुगन्ध खोज्दै  दिनभरी कोसौ टाढा टाढा सम्म भौतरी रहन्छ , जब उ थकित हुन्छ आखिर आफ्नै नाभिमा त्यो सुगन्ध भेटिन्छ।"   जस्तै हामी पनि आफ्नै आँखा आगडी काखमै रहेको  सौर्न्दर्यलाई नचिनेर त्यस्को महोत्व भुलेर दुर दुर सम्म  धाम खोजिरहन्छौं , पर्यटकीय स्थालहरु खोज्दै भौतरिन्छौ।  जुन स्वर्ग त यहीँ नै छ , जो पहिचान हुनु मात्र  बाँकी हो । त्यस्तै स्वर्गको मध्ये एउटा  टुक्रा हो-कछारकी रानी घण्टाचुली !
     प्रसिद्ध धार्मिक स्थाल देवघाट धामको शिरमा रहेको रिसिङथान घण्टाचुली  समुन्द्र सतह देखि १६३० मिटर उचाइमा अवस्थित छ ! धार्मिक, ऐतिहाँसिक, प्राकृतिक  एवं  पुरात्वत्तिक महोत्व बोकेको यस ठाउँको उत्खनन र पहिचान हुनु जरुरी छ । तत्कालीन  समयमा राजदरबर, राजगद्दी,चौकी वा उमराउ रहेको भन्ने प्रमाण  यहाँ रहेको भाग्नवशेष स्थालहरुले देखाउछ। जस्को उत्खनन हुनु जरुरी छ । यहाँको प्रमुख विशेषता भनेको मागेको वर प्राप्त हुने शाक्तिपिठ घण्टाचुली कालिका हो , जहाँ  दैनिक दर्शनार्थी श्रद्धालु भक्तजनहरुको भिड लाग्ने गर्द छ ।
  २०० हेक्टर भन्दा बढी क्षेत्रफलमा फैलिएको घन जंगलमा बनै भरी लालीगुराँस ढकमक्क फुलेको सिजनमा  हेर्न सकिन्छ । विभिन्न प्रजातिका चराचुरुङ्गीहरु अवलोकन गर्न पाईनुको साथै दुर्लभ जीव हाब्रे (पाण्डा) पनि यस क्षेत्रमा पाइन्छ । 
    जस्तो सुकै मानसिक तनाव डिप्रेसन भएका व्यक्तिहरु पनि  घण्टाचुली कालिकाको दर्शन पश्चात्  यस क्षेत्रको जंगल साफरी गरेपछि १५ मिनेटमै तनाव खालस हुने यहाँको दैवीक वा प्राकृतिक शाक्ती हो । जो अहिले सबैको चासोको बिषय बनेको छ।
      नेपालको १७ वटा जिल्ला देख्न सकिने उक्त घण्टाचुलीबाट उत्तर तिर पुर्व पश्चिम फैलिएको सेतम्मे हिम-शृङ्खलाहरुको अति नै मनमोहक दृश्यहरु देख्न सकिन्छ।
 नजिकै रहेको गुरुङ वस्तिमा गुरुङ संस्कृति  मगर वस्तीमा मगर संस्कृति र  भुजेल वस्तिको भुजेल संस्कृति  यहाँको भुल्नै नहुने पक्षहरू हुन ।

  काफलडाँडा होमस्टे, कोटबैदी होमस्टे  कराँदिप होमस्टे र  गोपिटार होमस्टे यहाँको सुरु हुँदै  गरेका सामुदायिक होमस्टेहरु हुन । जस्ले पर्यटकहरु लाई खाना बस्न र मनोरञ्जन गर्न थप सुबिधा पुग्ने आपेक्षा  राखेका छौं  ।
 २०७५ साल चैत १३ गते जिल्ला प्रशासन कार्यालय तनहुँमा विधिवत दर्ता गरि यो संस्था संचालनमा आएको छ । यो संस्था हाल  राज्यले लिएको पर्यटन नितिलाई आत्मसत गरि पर्यटन प्रवर्द्धन र विकास कार्यमा जुटि रहेको छ ।

Wednesday, September 25, 2019

मोईलीसके आर्मीट्नाङ्


खडक पामीआले
–खडक पामीआले , कोटा तनहूंं


राप्म औला घाट्रक पाखा,
ङौ मेङोस्के लेन्चै
च्याक्म औला होसे छार्छार्या
ङाके कूडीक घोक्चै ।

योट्म औला करूवा झाम्र्याए,
ङौ रोस्के गीन्चै ।
घोक्म औला कूडीक डेऊरालीए



मिजा
असार्या ल्हिङ्सा ल्हीङ्चै ।

मामाराÞङ्च औला होसे गोवाको,
होलाङ ङाके माडानाङ्
पाह्रामु औला कूडीक ङाके,
होलाङ ङा मालेनाङ ।

राप्म राप्म कानूङ मैँए,
बोच लर्फू छीमीका हो,
वामÞ वामÞ कूडीक ङाके
सार्बास याक न कीमीक ङाके

मीक खीसा हो, पोर्का पीसा हो ?
ङाके कूडीक टी लेन्चै,
फोक्क्या सार ड कीरीÞम्म भ्या हो,
ढुम्म बूरू ङाके डेचै ।

ङा डेहा टाराÞलेखा भवाँरा लेÞस्म,
पेलीसाङ न आहाल गेस्के,
वाट्म ङूच सार बूके,
मेलीसाङ ङा सेन लÞेस्के ?

मीक्डी झाल्म डील्डी लÞेसा,
मेलीस्केनाङ आर्मीट्म,
कहर चेम परीया ङूके पेलीसाङ,
जाकूस न छान्म ।

कहर कठा पूनमाÞक गेस्चै
सार्बास याक न केलेका,
ईसे जीवाक मेलीसाङ पूmन्म,
पेलीसाङ न घेलेका ।

                                          –साभर ः सेनटाहाके

देवघाट गाउँपालिका २ नं. वडा कार्यालय द्वरा आयोजित लोकगीत प्रतियोगिताको केहि झलक

कथा-

खडक पामी आले को

        दोस्रो बिहे ! 

       पत्रपत्रिकामा व्यापक हल्ला भयो । रेडियो, एफ्. एम्.का लागि गहकिलो विषय बन्यो । सानो उमेरमा कमाएको उसको प्रतिष्ठा खाक भयो, अड्कल काटे विज्ञहरूले । नपुगेको के थियो र ? आइमाईको बुद्धि घिच्रोमा हुन्छ भनेको यही हो, एक थरीको भनाइ ।
श्रीमान्को प्रतिक्रिया- म यस विषयमा बोल्न चाहन्नँ, आइमाईको चरित्र बुझिनसक्नु हुँदो रहेछ । जानुभन्दा एक मिनेटअघिसम्म मलाई भान भएन, उस्तै व्यवहार गर्थी, उस्तै स्याहारसम्भार ।
कुकुरलाई घिउ पच्दैन भनेको यही हो ।
पत्रकार, रेडियोकर्मी उसको डेरामा पुगे । कहाँको त्यो वैभवशाली घर बङ्गला ? कहाँको दुई कोठे डेरा । पहिला उनको घरमा जाँदा गेटमा पालेको रखवाली, पालेसँगको अन्तर्वार्ता पूरा भएपछि मात्र पाइन्थ्यो भित्र पस्न । अहिले सरासरी पुगिन्छ कोठामा । धेरै ढिपी गरेपछि खुल्न तयार भइन्, हाम्रो सामु ।
प्रश्न- श्रीमान्ले कुटपिट गर्थे ?
- कहिल्यै कुटेनन् । झूट बोले पाप लाग्छ ।
प्रश्न- खान, लाउन कुनै कमी थियो कि ?
- त्यो हुने कुरै भएन, नोकरचाकरलाई पनि त्यो समस्या छैन भने म त श्रीमती ।
- अनि किन त ? प्रश्नको सङ्केत दोस्रो बिहेतर्फ ।
केही क्षणपछिको जबाफ- सोच्छन्, हो म बहुलाएँ, या त सोच्छन् म चरित्रहीन भएँ ।
- प्रेमविवाह हो क्यारे ?
- होइन, बिहेपछि भने मैले प्रेम गर्न खोजेँ ।
- यहाँको जस्तो जीवन पाए भनेर टाउको पिट्ने कति छन् । बङ्गला, गाडी, नोकरचाकर, धनदौलत के कमी थियो र फेरि ?
- बङ्गला, गाडी, तब के नै चाहिन्छ एक जीवन काट्न होइन ?
केहीबेर सोचमा डुबिन् उनी ।
- संसारको सबैभन्दा अभागी आइमाई छु भन्ने लाथ्यो मलाई ।
- श्रीमान्बाट कुट्ने-पिट्ने थिएन, धनदौलत, ऐस-आराम सबै थियो अनि फेरि ? कसरी अभागी ?
- त्यति हो जिन्दगी ? त्यसभन्दा बाहेक पनि त केही छैन, अलि भित्र पस्नुस् न जीवनभित्र ।
एकमुष्ट जबाफको खोजी भयो हामीबाट ।
- यहाँहरूको जोडी पनि असाध्य मिल्या थ्यो र यहाँ जति सुन्दर हुनुहुन्छ उहाँ पनि त्यति नै राम्रो ।
- मलाई ज्यादै सुन्दरी ठान्नुहुन्छ यहाँहरूले ? तर उहाँको आँखाले कहिल्यै नियालेन मलाई ।
- चट्ट परेर बसेकी हुन्थेँ उहाँ बाहिरबाट आउनुहुन्थ्यो । हाम्रा आँखा चार हुन पाएनन् । तलदेखि माथि कहिले हेरेको थाहा भएन । उहाँको आँखा भएर हेरिन पाइनँ । तारिफका शब्द सुन्न कान लालायित भएर पनि थाके । आँखाले अन्तै केही खोजेजस्तो । अनि त राम्री हुने जाँगर कहाँ रहन्छ आइमाईमा ?
थपिँदै गयो घटना-विवरण
- उहाँलाई मन पर्ने खाना बनाउन, कहिले आˆनै हातले बनाएर पर्खिबस्थेँ- स्वाद मानेर कहिल्यै खानुभएन अनि भान्छामा पस्ने जाँगर कहाँ ? आऊ सँगै खाऊँ कहिल्यै भन्नुभएन । अनि भोक कहाँ ?
- सँगै बसेर टेलिभिजन कहिल्यै हेरिएन । म पुगेपछि उहाँको सुत्ने बेला ।
म ओछ्यानमा पुग्दा भित्तातिर फर्केर निदाइसक्नुभएको हुन्थ्यो । साहस बटुलेर केही पटक उठाएँ पनि । डिस्टर्ब नगर न प्लिजभन्नुभयो, मतिर कोल्टे र्फकनुभएन । थाहा हुन्थेन निन्द्रामा बोलेको हो कि बिपनामा ।
- साथीहरू भेला हुँदा अनौठो अनुभव सुनाउँथे, नीला डाम देखाउँथे । म लाटीझैँ सुनिरहन्थेँ- यस्तो पनि हुन्छ र ?
- बिहान पूजासकेर ओछ्यानमा चिया लिएर जान्थेँ र साथीहरूको कुरा सम्झँदै । मन कल्पिन्थ्यो केके हो केके ? म चिया लिएर उभिनै रहेकी हुन्थेँ उहाँ बाथरुमभित्र छिर्नुहुन्थ्यो । चियासँगै म चिसिन्थेँ । यही प्रक्रिया चलिरहृयो । पछि चिया लान छाडिदिएँ ।
- बिहानको खाना प्रायः उहाँको बाहिर नै हुन्थ्यो । घरमा खाने अवसर पाउँदा म बोलिरहन्थेँ एकोहोरो । उहाँ टाउको मात्र हल्लाउनुहुन्थ्यो कुनैकुनै बेला । म पनि कम बोल्न लागेँ ।
- उहाँको अफिस जाने तयारी चल्दा कोठामै अलमल गरेर बस्थेँ । सरक्क निस्कनुहुन्थ्यो । थाहा भएन अँगालोमा बाँधिनु के हो ? लाग्थ्यो सँगीहरूले झूटो बोलेका हुनुपर्छ ˆनो श्रीमान्को बारेमा ।
- आफू अफिस पुगेपछि मौका मिलाएर फोन गर्थें । उहाँले सोध्नुहुन्थ्यो के काम छ ?” मैले भन्थेँ- खासै छैन ।उहाँले भन्नुहुन्थ्यो किन गरेको त्यसो भए ?” मोबाइलमा कुनै बेला क्यान्सिल गरिदिनुहुन्थ्यो, मन नराम्ररी चिमोटिन्थ्यो । सँगै खाजा खान गइएन । श्रीमान्-श्रीमती होटलमा सँगै लन्च-डिनर लिन्छन् भन्दा अचम्म लाग्थ्यो- यस्तो पनि हुन्छ र ?
- सँगै रहँदा जन्मदिनहरू आए । म्यारिज एनिभरसरीहरू आए । शुभकामनाका दुई शब्द कहिल्यै पाइनँ, उपहार त सपनाको कुरा । मध्यरात बितिसक्दा पनि मनले कुरिरहन्थ्यो । बिहेको दोस्रो वर्षमा भनेँ- मलाई यस्तो मन पर्छ । नजिक बाँधेजस्तो लाग्छ । एक पत्ता टिकी, एक दर्जन चुरा नै किन नहोस् यस्तो बेलाको उपहार अति प्यारो हुन्छ ।उहाँले सुनि मात्र रहनुभयो । मैले सोचेको थिएँ मलाई राम्रो लाग्ने कुरा गर्न उहाँलाई मन पर्ला । त्यसपछिका जन्मदिनहरू पनि जसरी आए त्यसै गरी गए । कुनै परिवर्तन भएन । म भने कुर्न छाडिनँ । सायद, श्रीमती कुरा बनाउँछन् मेरो श्रीमान्ले दियो भनेर- मन बुझाउँथे यसरी ।
- बिहे भएपछि दुई जना घुम्न जान्छन् भन्ने सुनेकी थेँ, घुम्न किन जान्छन् मलाई थाहा भएन । यस्तो पनि हुन्छ र ?
- यसैबीच म गर्भवती भइछु । मैले उहाँलाई सुनाएँ । उहाँको मुखमा न खुसी थियो न दुःख नै । भावविहीन । मैले केही पढ्नै सकिनँ । हर्ष छ कि विस्मात ।
- पछि चार महिनाको गर्भ गयो । गमलामा रोपेको बिरुवा सुकेर जाँदा त मन चुँडिन्छ भने मेरो कोखको सन्तान । म रित्तिएको आभास भयो । रोएर तकिया साँच्चै भिज्दो रहेछ । आधारात बित्दा समेत बैठकमै बसेर क्रिकेट हेरिरहनुभयो । टेलिभिजन हाम्रो कोठैमा पनि थियो, मैले कोठामा बस्न अनुरोध गरेकी थिएँ । भन्नुभयो ग्रुप भएर हेर्न मजा आउँछ । बैठकमा चिच्च्याउनुहुन्थ्यो उहाँहरू छक्का, क्याच Û’ म रगत र आँसुले लतपतिरहेँ । उहाँ क्रिकेटको हारजित सकिएपछि बैठकमै निदाउनुभएछ ।
- मन पर्ने लुगा, मन पर्ने खानासम्म थाहा भएन उहाँलाई । कहिल्यै एक जोर लुगा किनेर दिनुभएन सँगै बजार कहिल्यै गइएन ।
- बाहिर सँगै निस्किनै हालियो भने अगाडि सँगैको सिटमा कोही परिवारको सदस्य या अरू नै हुन्थे, कहिल्यै सँगै बसिएन ।
फोनको घण्टी बज्यो- एक्लै सर्माइन्, भुतुक्क आफैँसँग । फेरि कुरा अगाडि बढाइन् ।
- एक दिन साहस बटुलेर पोखेँ आˆना गुनासाहरू । झन्डै वादविवाद नै भयो ।तिमी मसँग खुसी छैनौ भने आˆनो बाटो रोजठीक यही वाक्य बोल्नुभएको थियो उहाँले । त्यस रात धेरै रातिसम्म म रोइरहेँ । उहाँको अगाडि पहिलो पटक रोएकी थिएँ । उहाँ भित्तातिर नै फर्किरहनुभयो, कोल्टे नफेरीकन भन्नुभयो, “मेरो दिमाग चाट्ने काम नगर ।
- हो, उहाँले कमाइको पैसा मेरो हातमा राखिदिएर भन्ने गर्नुहुन्थ्यो- बैङ्कमा पठाइदिनू ।
- जिन्दगीको त्यत्रो यात्रामा मन्दिरसमेत सँगै गइएन । श्रीमान्-श्रीमती बोलाइएका बिहे पार्टीमा समेत सँगै भइएन । उहाँ जानुहुन्थ्यो अफिसबाटै । चू. लेखेको कार्ड टेबलमा हाँसिरहन्थ्यो ।
- दोस्रो पटक म गर्भवती भएकी थिएँ । आफैँ डाक्टरकहाँ जान्थेँ जचाउन । कुनै दिन सोध्नुभएन कस्तो छ- मेरो र बच्चाको हालत । मलाई ज्वरो आउँदा, निधारमा छाम्नुभएन कहिल्यै । त्यस दिन बिदाको दिन थियो । घरै बस्न अनुरोध गरेँ । ज्यादै गाह्रो भाथ्यो शरीरमा, मन्दमन्द पेट दुखिरहेथ्यो । साथीको बच्चाको भात खुवाइमा नगै नहुने बताएर उहाँ निस्कनुभयो । त्यही दिन उहाँ नर्फकंदै असहृय पेट दुखेर मेरो गर्भ गयो दोस्रो पटक । दुखाइ, आमा बन्न नसक्नुको पीडाले छटपटाएँ । उहाँले मसँगै बसेर सान्त्वनासम्म पनि दिनुभएन । मेरो टाउको सुमसुमाउनुभएन, हात समाउनुभएन । आँसु बगिरहृयो । मन फुकाएर रुने साथी पाइनँ, त्यस बेला ।
कुरा गर्दै रहँदा फोनको पुनः घण्टी बज्यो- उनको मुखमा जून फुल्थ्यो । फोनमा कुराकानीपछि -
- मन विरक्तिँदै गयो । बाँच्नुभन्दा मर्नुमा नै जीवनको सार्थकता देखेँ । त्यो जीवनभन्दा आरामदायी रोजेँ । तन्नाको पासो बनाएर झुन्डिएँ पनि । दुर्भाग्य तन्ना च्यातिएर म बचेँ । यो घटनालाई लिएर उहाँ ममाथि बजि्रनुभयो ।के गर्न खोजेकी मेरो बेइज्जत ? म समाजमा मुख देखाउन लायकको रहने थिइनँ ।ज्यादै रिसाउनुभयो । हाम्रो दूरी बढेको अनुभव भयो त्यस बेला ।
- दूरी बढ्दै गयो । दूरी बढ्दै गयो सरासर ।
- एक दिन मैले भनेँ- हाम्रो दूरी बढ्दै छ । कृपया यसलाई रोक्नुस् ।उहाँले भन्नुभयो, “मलाई धम्की दिएकी ?” मैले भनेँ, “मलाई सहयोग गर्नुस् दूरी बढिरहेको छ । यसलाई चाहेर पनि छोट्टाउन नसकिएला कुनै दिन ।
- दिन उस्तै रहे । कुनै परिवर्तन आउन सकेन ।
- म चुरोट पिउन लागेँ लुकीछिपी ।
- लोग्नेको छातीमा निदाउनुमा स्वर्ग छ भन्थे, मलाई थाहा थिएन त्यो स्वर्ग कस्तो हुन्छ ?
कुरा चल्दै रहँदा तीन पटक फोन आयो । मुस्कुराउँदै भनिन्- मलाई अलि टाउको दुखेकोले कस्तो छ भनेर सोध्नुभएको उहाँले ।अलि लाजमानी शिर निहुराइन् यति बेला ।
हो मैले सँघार नाघेकी छु । उहाँले कुट्ने-पिट्ने कहिल्यै गर्नुभएन, खान-लाउन प्रशस्त थियो । त्यसको अर्थ रहेन ।
हामीलाई बिदा गर्ने सुरमा भनिन्-
भोलि आउनुभएको भए हामी कुरा गर्न सक्ने थिएनौँ । भोलि मेरो जन्मदिन पारेर हामी एक साताको लागि घुम्न जाँदै छौँ । भरे नै हामी हिँड्छौँ यहाँबाट
घाँटीको दाहिनेतिर कालो कोठीनिर सानो नीलडाम हाँसिरहेको थियो ।
साभरः (नीहारिकाको कथासंग्रह हवनबाट)