Friday, October 4, 2019

असल मान्छेले मात्र किन दु:ख पाउछ ?

Khadka pami Ale
यो आलेख ! रामकृष्ण परमहंस र उनका चेला स्वामी विवेकानन्दका बीचको यो संवाद ‘कबाडखाना’ नामक एक हिन्दी ब्लगबाट लिइएको हो ।

स्वामी विवेकानन्द : समय निकाल्नै गाह्रो हुने, यता                  उता दौडधुप गर्दैमा फुर्सद नपाइने !
रामकृष्ण परमहंस : गतिविधिहरूले तिमीलाई व्यस्त                 राख्छन्, उत्पादकर्ताले स्वतन्त्र बनाउँछ ।
स्वामी विवेकानन्द : आज जीवन यति जटिल किन छ ?
रामकृष्ण परमहंस : जीवनलाई विश्लेषण गर्न बन्द गरिदेऊ । यसले जीवनलाई झन् जटिल बनाउँछ, जीवनलाई मात्र जिऊ व्याख्या नगर ।
स्वामी विवेकानन्द : हामी सधैं किन दु:खी हुन्छौं ?
रामकृष्ण परमहंस : केही न केही कुराले चिन्तित रहनु तिम्रो बानी बनिसक्यो । यसैकारण तिमी खुसी हुन सकिरहेका छैनौं ।
स्वामी विवेकानन्द : असल मान्छेले सधैं किन दु:ख पाउँछन् ?
रामकृष्ण परमहंस : हीरा रगडिएपछि मात्रै चम्किन्छ । शुद्ध हुनका लागि सुनलाई आगोमा पकाउनुपर्छ, खार्नुपर्छ । त्यस्तै असल मानिसहरूले दु:ख पाउने होइन, उनीहरूले परीक्षाहरूबाट गुजि्रनुपर्छ । यस अनुभवबाट उनीहरूको जीवन झन् राम्रो हुन्छ, यो अनुभव बेकार जाँदैन ।

स्वामी विवेकानन्द : तपाईंको मतलब यस्तो अनुभव उपयोगी हुन्छ ?
रामकृष्ण परमहंस : हो, हरेक ढंगबाट हेर्दा अनुभव एउटा कठोर शिक्षकजस्तो हुन्छ, जसले पहिले परीक्षा लिन्छ र पछि शिक्षा दिन्छ ।
स्वामी विवेकानन्द : अनेक समस्याले घेरिइरहने भएकाले होला, हामीलाई आफू कता जाँदैछु भन्ने थाहा हुँदैन….
रामकृष्ण परमहंस यदि तिमी बाहिरी दुनियाँतिर मात्र हेर्छौ भने कहाँ जाँदैछौ भन्ने थाहा पाउनेछैनौ । यसका लागि आफनोभित्र चियाउनुपर्छ । आँखाले केवल दृष्टि दिन्छ, हृदयले बाटो देखाउँछ ।
स्वामी विवेकानन्द : के असफलता सही बाटोमा हिँड्नुभन्दा पनि पीडादायी हुन्छ ?
रामकृष्ण परमहंस : सफलता त्यो मानक हो जो अरू मानिसले निर्धारण गर्छन्, सन्तुष्टिको मानक तिमी आफैंंले निर्धारण गर्छौ । सन्तुष्ट हुनलाई अरूको मत चाहिंदैन ।

1 comment:

Khadka pami Aale said...

कस्तो लग्यो ?

Post a Comment